शनिबार, जेष्ठ ९, २०८३
शनिबार, जेष्ठ ९, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • हुम्ला-बाजुराको सीमा विवाद तत्काल समाधान गर्न मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

हुम्ला-बाजुराको सीमा विवाद तत्काल समाधान गर्न मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

  • शुक्रबार, जेष्ठ ८, २०८३
हुम्ला-बाजुराको सीमा विवाद तत्काल समाधान गर्न मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मुगु —कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले हुम्ला र बाजुराबीच लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री वालेन शाहको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री बालेनलाई बिहिबार लिखित पत्र मार्फत् मुख्यमन्त्री कडेलले केही दिनयता सीमा विवादका कारण स्थानीयबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको हुदा तत्काल समस्या समधानका निम्ति ध्यानाकर्षण गराएका छन । हुम्ला र बाजुरा यिनी दुई जिल्लाबीचको सीमा विवाद बाट थप क्षति हुन नदिन आवश्यक सजकता अपनाउन मुख्यमन्त्रि कडेलले आग्रह समेत गर्नु भएको छ ।

दुई जिल्लाबीचको सिमा विवाद समाधानको लागि संघीय सरकारले छिटोभन्दा छिटो पहल गर्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिनु भएको छ । त्यसै गरि कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले बाजुरा र हुम्ला सीमा विवाद समाधानका लागि उच्चस्तरमा पहल र वार्ता, छलफलहरू जारी भइ रहेकाले दुवै जिल्लाका नागरिक, युवा र सरोकारवाला दाजुभाइलाई संयमता, धैर्यता र आपसी सद्भाव कायम राख्न अपिल गर्नु भएको छ ।

एमाले नेता दल रावलले पनि हुम्ला र बाजुरा दुबै जिल्लाका आदरणीय दाजुभाइ दिदीबहिनीहरु; हामी आवेगमा हैन बिवेकमा विस्वास गरौं। धैर्य हौ, संयमीत बनौं र हाम्रो सदियौँदेखि कायम रहेको सामाजिक सम्बन्धलाई थप उचाई सहित कायम राखौं भनेर आग्रह गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार