शनिबार, जेष्ठ १६, २०८३
शनिबार, जेष्ठ १६, २०८३
  • होमपेज
  • प्रदेश
  • कर्णालीमा ३३ प्रतिशत महिला निरक्षर छन् राज्यले सशक्तिकरणमा ध्यान दिनुपर्छ, प्रदेश प्रमुख

कर्णालीमा ३३ प्रतिशत महिला निरक्षर छन् राज्यले सशक्तिकरणमा ध्यान दिनुपर्छ, प्रदेश प्रमुख

  • शनिबार, जेष्ठ १६, २०८३
कर्णालीमा ३३ प्रतिशत महिला निरक्षर छन् राज्यले सशक्तिकरणमा ध्यान दिनुपर्छ, प्रदेश प्रमुख

मुगु —कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीका महिलाहरू ३३ प्रतिशत महिला अझै पनि निरक्षर रहेको बताएका छन । कर्णाली प्रदेश राजधानी बीरेन्द्र नगर सर्खेतमा शनिबार बाट देखि सुरु भएको कर्णाली छोरी सम्मेलनलाई सम्बोधन गर्दे प्रदेश प्रमुख जोसीले कर्णालीमा अझै ३३ प्रतिशत निरक्षर रहको र स्थानीय प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

नेपालका आधा भन्दा बढी जातिको उद्गम थलो कर्णाली हो, यो सबै नेपालीले सम्मान गर्नुपर्ने उनको भनाई छ । कर्णालीका महिलाहरू समानुपातिक कोटामा मात्र सीमित नभई प्रत्यक्ष निर्वाचन लडेर नेतृत्व गर्न सक्ने सक्षम भइसको उहाले जानकारी गराउनु भयो उक्त कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णालीमा छोरीहरूले स्कुल पढ्न नपाउने अवस्था थियो, छोरालाई स्कुल पठाउने र छोरीलाई गोठाला पठाउने परम्परा थियो आज विद्यालयहरूमा छोरीहरूको संख्या उल्लेखनिय रहेको बताउनु भयो । पूर्व मुख्यमन्त्री शाहीका अनुसार हाम्रो पालामा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएका थियौँ अहिले उक्त कार्यक्रमहरू लथालिङ्ग अबस्था छ ।

चर्चामा

सम्बन्धित समाचार