शुक्रबार, जेष्ठ २९, २०८३
शुक्रबार, जेष्ठ २९, २०८३
  • होमपेज
  • प्रदेश
  • कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकको निर्णय राउटे नीति र सुत्केरी कार्यविधि स्वीकृत

कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकको निर्णय राउटे नीति र सुत्केरी कार्यविधि स्वीकृत

  • शुक्रबार, जेष्ठ २९, २०८३
कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकको निर्णय राउटे नीति र सुत्केरी कार्यविधि स्वीकृत

मुगु—कर्णाली प्रदेश सरकारको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले लोपोन्मुख राउटे समुदायको संरक्षण तथा मातृ–शिशु स्वास्थ्य सुधार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार बैठकले लोपोन्मुख राउटे समुदायको संरक्षण, सशक्तीकरण र मूलप्रवाहीकरणलाई लक्षित गर्दै लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति, २०८३ स्वीकृत गरेको छ ।
नीतिले राउटे समुदायको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक सहभागिता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ त्यसैगरी, मातृ तथा शिशु स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले ‘पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि, २०८३’ पनि स्वीकृत गरिएको छ ।
बैठकले पूर्वाधार विकास निर्देशनालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय तथा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलाई जिल्ला कार्यालयका रूपमा कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार