मुगु —कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३÷८४ को बजेटमा दलित समुदायको आयआर्जन क्षमता बिकास जिविको उत्थान कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीबविक्रम शाहले कर्णाली प्रदेशका दलित समुदायको आयआर्जन क्षमता बिकास कार्यक्रम संचालन गर्न १२ करोड बजेट बिनियोजन गरिएको बताएका छन ।