बुधबार, असार ३, २०८३
बुधबार, असार ३, २०८३
  • होमपेज
  • शिक्षा
  • मध्यपश्चिम विश्वबिद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न

मध्यपश्चिम विश्वबिद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न

  • बुधबार, असार ३, २०८३
मध्यपश्चिम विश्वबिद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न

मुगु —मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह, आठारौं सभा बैठक तथा सोह्रौं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ ।कर्णाली प्रदेश राजधानी सुर्खेत स्थित विश्वविद्यालयमा बुधबार आयोजित उक्त समारोह एवम् सिनेट बैठकको अध्यक्षता शिक्षा तथा खेलकूद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नु भएको थियो । दिक्षान्त समारोहलाई सम्बोधन गदैए मन्त्री पोखरेलले कर्णालीमा अवस्थित विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार, बजेट तथा दरबन्दीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

मन्त्री पोखरेलले मध्यपश्चिम विश्वविद्यालयले सिंगो कर्णाली प्रदेशको शैक्षिक रुपान्तरणको नेतृत्व लिनुपर्नेमा जोड दिएका छन ।सिनेट बैठकलाई विशेष सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले जनताको दशकौं लामो संघर्षबाट स्थापित विश्वविद्यालयको विकास र विस्तारमा तीन तहकै सरकारको दायित्व सम्झी विश्वविद्यालय अवस्थित स्थानीय सरकार र प्रदेश सरकारले सहयोगको सुरुवात गरेको बताउनुभयो ।

दीक्षान्त समारोहका प्रमुख वक्ता त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद् केदारभक्त माथेमाले उच्च शिक्षाले केवल व्यक्तिको जीवन स्तर मात्र परिवर्तन नगरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउने भएकाले यस क्षेत्रको उच्च शिक्षा प्रदायक संस्थाको विकासमा सरकार सहित सरोकारवाला सबैको उत्तिकै साथ, सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालय स्थापनार्थ उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलको योगदानलाई स्मरण गर्दै प्रमुख अतिथि माथेमाले विश्वविद्यालय स्थापनाका एक अभियन्ता नै उपकुलपति जस्तो प्रमुख कार्यकारी नेतृत्वमा आएकोमा सन्तोष व्यक्त गर्नुभयो । उहाँले सहभागी सम्पूर्णलाई साक्षी राख्दै आफ्नो देश र समाजलाई कहिलै नबिर्सन दीक्षित विद्यार्थीहरुलाई अपिल गर्नुभयो ।

मन्त्री पोखरेलले विभिन्न ग्र्याजुएट स्कूलका १९ सय २८ विद्यार्थीहरु दीक्षित गर्नुका साथै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई पदक वितरण गर्नु भएको छ । १८ औं सिनेट बैठकमा दीक्षित हुने विद्यार्थीहरुको ग्रेसलिष्ट पास गर्नुका साथै रजिष्ट्रार सहप्रा. डा. अयडीद्वारा प्रस्तुत आ. व. २०८३÷०८४ को बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव आवश्यक संशोधन सहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

तस्विर मध्यपश्चिम विश्वबिद्यालय सुर्खेत

चर्चामा

सम्बन्धित समाचार