शुक्रबार, असार १२, २०८३
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • प्रदेशसभामा मंगलबहादुर शाही भने, भाविनी दुई छन कि कर्णालीमा आधा सुखी आधा दुःखी

प्रदेशसभामा मंगलबहादुर शाही भने, भाविनी दुई छन कि कर्णालीमा आधा सुखी आधा दुःखी

  • शुक्रबार, असार १२, २०८३
प्रदेशसभामा मंगलबहादुर शाही भने, भाविनी दुई छन कि कर्णालीमा आधा सुखी आधा दुःखी

काठमाडौ—कर्णाली प्रदेशसभाको संसद बैठकमा  प्रमुख प्रतिपक्ष दलका नेता  एव पूर्व  प्रदेश  मन्त्री मंगलबहादुर शाहीले आगामी चालु आर्थिक बर्षको बिनियोजित बजेट प्रति देउडा भाकाको शैलीमा बिरोध जनाए ।
शुक्रबार बसेको  प्रदेशसभा बैठकमा शाहीले प्रदेश सरकारले स्थानीयतहमा छुटयाएको बजेट सौतेनी ब्याबहार भएको आक्रोष ब्यक्त गर्दै देउडा शैलीमा भाविनी दुई छ कि कर्णालीमा आधा सुखी आधा दुःखी, लैजा चरी लैजा मलाई पनि उठाइ लैजा योजनाका बेदना सुनाउ भने कति सुनाउ भन्दै आक्रोष पोखे ।

गायक सुरज पण्डितले गाएको रेलको बाटो आउदै छ रे गीत सुनाउदै सभासद शाहीले भने बजेट सार्वजनिक हुनु अघि  कर्णालीका भाग्यरेखा कोर्ने बजेट सबैलाई सम्मानजनक हिसावले बजेट आउने अपेक्षा गरिएको थियो तर अन्तमा त्यो नभएको सुनाए ।प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट छुटयाउने प्रकृया कुनै स्थानीयतहलाई बढी र कुनै स्थानीयतहलाई अत्यन्तै कम गरेका शाही भनाई छ ।

दुई जना मन्त्रीलाई मात्र होइन म मुख्यमन्त्री र कर्णाली प्रदेश सरकार र माननीय मन्त्रीले बजेट हेरिएकै छ शाहीले भने बेदना मनभरि राखेर कति तितो बोल्ने र नबोल्ने भन्ने मात्र हो शाहीले बताउनु भयो ।
कर्णाली प्रदेशको थोरै जिल्लालाई हेर्ने दृष्टीकोण कति निर्दही उनले आक्रोष पोख्दै भने त्यहा“ पनि मान्द्धे बस्छन भनेर दया लागेन होला त , बजेटको २० प्रतिशत एउटै जिल्लालाई जादा मेरो जिल्लालाई ५ प्रतिशत मात्र छ ।
कर्णाली प्रदेशमा पछि परेको मुगु जिल्लालाई प्रदेश सरकारले पनि बजेटमा अछुतो ब्याबहार देखाएको शाहीको टिप्पणी छ ।

चर्चामा

सम्बन्धित समाचार