मङ्लबार, असार ३०, २०८३
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • समाचार
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरु

  • मङ्लबार, असार ३०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरु

काठमाडौ – मन्त्रिपरिषद् बैठकले मुख्य ५ निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार सिहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले ५ निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी गराएका छन ।
यस्ता छन् निर्णयहरु

१ बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने

२ सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

३ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने ।

४ नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने ।

५ अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने ।

चर्चामा

सम्बन्धित समाचार