बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • शिक्षा
  • अग्र्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार छ, प्रधानमन्त्री शाह

अग्र्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार छ, प्रधानमन्त्री शाह

  • बिहिबार, साउन ७, २०८३
अग्र्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार छ, प्रधानमन्त्री शाह

काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहले अग्र्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ। प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ’अग्र्यानिक एसोसियसन नेपालका पदाधिकारीसँग छलफलको क्रममा सो कुरा बताउनु भएकाो हो ।

अग्र्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अग्र्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने पदाधिकारीको माग बमोजिम प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। साथै, प्रधानमन्त्रीले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अग्र्यानिक कृषि प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान दिने व्यवस्था गर्न पनि उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार