शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • समाचार
  • रास्वपाका सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने प्रतिपस्र्धा बाट नियुक्त गर्नुपर्ने

रास्वपाका सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने प्रतिपस्र्धा बाट नियुक्त गर्नुपर्ने

  • शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने प्रतिपस्र्धा बाट नियुक्त गर्नुपर्ने

काठमाडौ —सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्दा परिवारवाद र नातावाद अन्त्य गर्न निर्देशन दिएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार सांसदहरूका लागि जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिव नियुक्ति पार्टीको विधान र सुशासनको मूल नीतिअनुसार हुनुपर्ने उल्लेख गरेका छन् ।

स्वकीय सचिव नियुक्ति गर्दा एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ । रास्वपाले स्वकीय सचिव बन्नका लागि संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता (स्नातक तह वा सोसरह) अनिवार्य गरेको छ।

साथै सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्यमान्यता प्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन सांसदहरूलाई निर्देशन दिइएको छ। स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिने गरी काम गरेको हुन नहुने व्यवस्था गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार