बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • सोरुमा संघीय क्याबिनेट मन्त्री देखि प्रदेश मुख्यमन्त्री सम्म

सोरुमा संघीय क्याबिनेट मन्त्री देखि प्रदेश मुख्यमन्त्री सम्म

  • बुधबार, साउन १३, २०८३
सोरुमा संघीय क्याबिनेट मन्त्री देखि प्रदेश मुख्यमन्त्री सम्म

मुगु – मुगुको सोरु गाउँपालिकाले राष्ट्रिय राजनीतिमा नयाँ इतिहास रचेको छ। एकै गाउँपालिका बाट देशको केन्द्रीय राजनीति र प्रादेशिक कार्यपालिकाको सर्वोच्च पदमा नेतृत्व पुगेपछि सोरु अहिले चर्चाको विषय बनेको छ ।
संघीय सरकारको क्याबिनेट मन्त्रीमा ऐनबहादुर शाही र कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको उदयले सोरुलाई दुर्गम भूगोलबाट राजनीतिक शक्तिको केन्द्रमा रूपान्तरण गरिदिएको छ ।

संघीय क्याबिनेटमा मुगुको २७ वर्षे खडेरी तोस्ने ऐनबहादुर शाही सोरु गाउँपालिका–२, जडेपानीमा जन्मिनुभएका ऐनबहादुर शाहीले लामो राजनीतिक संघर्षपछि देशको संघीय क्याबिनेट मन्त्रीको जिम्मेवारी समाल्न सफल भएका थिए ।
२०४४ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरुवात गरेका शाही नेपाली कांग्रेस मुगुको नेतृत्व सम्हाल्दै २०७९ को आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा बिजयी भएका हुन ।
अघिल्लो केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा वन तथा वातावरण मन्त्री बन्नुभएका शाहीले मुगु जिल्लाको २७ वर्ष लामो मन्त्री विहीनताको खडेरी मात्र समाप्त पार्नुभएन, सोरुजस्तो विकट क्षेत्रबाट राष्ट्रिय नीति निर्माणको माथिल्लो तहसम्म आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल हुनु भयो ।
सोरु गाउँपालिका–६ सोरुकोट गाउका स्थायी बासिन्दा मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
शिक्षण पेसा, सशस्त्र विद्रोह र विभिन्न राजनीतिक उतारचढाव पार गर्दै २०७९ को प्रदेशसभा निर्वाचनमा मुगु प्रदेश ख बाट निर्वाचित शाही संघीयता पछिको मुगुको प्रथम मुख्यमन्त्री भएका छन । यसअघि उनी प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी समेत समालि सकेका थिए ।
नेकपा एमाले र नेपाली कम्यूनिष्ट पार्टी बीच प्रदेश सरकार सहकार्य गर्न सहमति भएपछि उहाँ कर्णाली प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन सोरु गाउँपालिकाले देखाएको यो राजनीतिक यात्रा एक दुर्लभ उदाहरण हो
बिकट दुर्गम गाउँ बाट बाट सुरु भएको राजनीतिक यात्रा आज सिंहदरबारको क्याबिनेट र प्रदेशको मुख्यमन्त्रीको कुर्सीसम्म पुगेको छ । चार वटा स्थानीयतह ४५ वटा रहेको मुगुमा संघीय क्याबिनेट मन्त्री र प्रदेश मुख्यमन्त्री सोरुले मात्र प्राप्त गरेको छ । राजनीतिक पदीय हिसावले सोरु भाग्यमानी देखिएको छ ।
संघीय क्याबिनेट मन्त्री र प्रदेश मुख्यमन्त्री पाएको सोरुले बिकास निर्माण बिस्तारै गति लिदै गएको छ । जम्मा ११ वटा वडा र ५४ वटा बस्ती रहेको सोरु प्राय सबै बस्तीमा कच्ची सडक पुगिसकेको छ ।
कर्णाली करिडोर जोडने गुल्मा र नेरघाटमा बेलिब्रिज समेत निर्माण भएको छ । सोरु गाउँपालिका ६ र ३ शौर्य उर्जा प्रणाली बाट बिद्युत उत्पादन गरिएको छ । सोरुकोट इलाका प्रशासन कार्यालय बाट स्थानीयले नागरिक प्राप्त गर्न निकै सहज छ ।
सोरुमा नेता र मन्त्री भएको हिसावले अझै बिकास भएन भ्रष्टचार बढयो रोजगार नपाएर युवा पलाएन भए भन्ने जनगुनासो ब्यापाक छ । यो जनगुनासो मेटाउन नेता र मन्त्रीहरुले ध्यान दिन आबश्यक देखिएको छ ।
राजनीति यात्राको लामो संर्घषण पछि सोरुमा पहिलो संसद जित्ने चन्द्रबहादुर शाही पनि एक राजनीतिक सफल ब्यक्ति पनि हुन । उनले नेकपा एमाले बाट संसद जितेका हुन । शाही प्रदेश कृषि मन्त्री समेत भइसकेका छन ।

चर्चामा

सम्बन्धित समाचार