बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • समाचार
  • आज प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ कार्यसूची

आज प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ कार्यसूची

  • बिहिबार, साउन १४, २०८३
आज प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौ —संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

चर्चामा

सम्बन्धित समाचार