मुगु —कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सुनसरी सिराहा लगायत मदेश प्रदेशमा केही दिन यता मानविय धनजनको क्षेति हुने गरि भएको घटना प्रति चिन्ता ब्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री शाहीले शुक्रबार अपिल जारी गर्दै यस दुःखद घटनाले सामजिक सदभाव धार्मिक सहिण्णुता तथा राष्टिय एकतामाथि प्रतिकुल प्रभाव पार्नुको साथै मुलुकमा अशान्ति र असुरक्षाको बातावरण सृजना हुनु अत्यन्तै चिन्ताजनक भएको ब्यक्त गर्नु भएको छ ।
उक्त घटनामा ज्यान गुमाउने मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मुख्यमन्त्री शाहीले शोकसन्तत परिवार प्रति गहिरो समबेदना ब्यक्त गर्नु भएको छ ।
उहाले घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गर्नु भएको छबर्तमान संबेदनशील परिस्थितिमा सबै पक्षले उच्च समंयता अपनाई कानुनको पूर्ण पालन गर्न तथा शान्ति सदभाव भाइचारा र आपसी विश्वासलाई केन्द्रमा राखि अघि बढन मुख्यमन्त्रीले आग्रह गर्नु भएको छ ।
मुख्यमन्त्री शाहीले कर्णाली र मदेश बीचको सामाजिक आर्थिक र सांस्कृतिक धेरै साझा बिशेषता रहेको औल्याउनु भएको छ । मदेशले भोगिरहेको यस दुःखको घडीमा कर्णाली प्रदेश सरकार तथा कर्णालीबासी मर्माहित भएको शाहीले अपिलमा उल्लेख गर्नु भएको छ ।