काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्ताको ‘ब्रोड पिक’मा ज्यान गुमाएका निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।
शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै प्रधानमन्त्री शाहले आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको बताउनु भएको छ ।
प्रधानमन्त्री शाहका अनुसार विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।
दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको बताउँदै उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने प्रधानमन्त्री शाहले उल्लेख गर्नु भएको छ ।