काठमाडौ —पशुपतिनाथ लगायत देशभरको शिवालय मन्दिरमा पुजापाठको लागि भक्तजनको घुइचो लागेको छ । पशुपतिनाथमा आज पुजाअर्जनाको लागि बिहानै देखि भक्तजनहरुको भीड लागेको छ । भक्तजनलाई पुजापाठको लागि सहजका निम्ति पशुपतिनाथको चार वटै ढोका खुल्ला गरिएको पशुपति बिकास कोषले जनाएको छ । पशुपतिनाथ संगै राजधानी लगायत देशभरका शिवालय मन्दिरहरु पुजापाठको लागि भक्तजनको भीड देखिएको छ । साउने झरी संगै शिव भगवानको दर्शन गर्न भक्तजनहरु हातमा फुल अक्षेता मन्दिरमा भीड लागेको ।