मुगु — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सरकारको मन्त्रिमण्डल केही दिनभित्रै गठन हुने जानकारी गराउनु भएको छ । मन्त्रीमण्डल गठनमा ढिलाई हुदै गएपछि मुख्यमन्त्री शाही छिट्टै मन्त्रिपण्डल गठन गर्ने तयारी गरेका छन । शाही पद तथा गोपनियताको सपथग्रहण गरेको धेरै दिन बितिसक्दा पनि प्रदेश सरकारले मन्त्रीमण्डलको पूर्णता अझै पाउन सकेको छैन सत्ता साझेदार नेकपा एमाले र नेपाली कम्प्यूष्टि पार्टी बीच मन्त्री र मन्त्रालयको संख्या र मन्त्रीमा भागबण्डा कुरा नमिल्दा मन्त्रीमण्डल गठन प्रकृया ढिलाई भएको छ ।
एमालेले चार मन्त्री र नेकपाले मुख्यमन्त्री सहित तीन मन्त्री पाउनु पर्ने आफनै अडानका कारण मन्त्रीमण्डल गठन प्रकृया ढिलासुस्ती हुदै गएको छ ।