काठमाडौ —पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर र अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरूले श्रेष्ठ पक्राउ परेको पुष्टि गरे । श्रेष्ठलाई पक्राउ गरी अहिले प्रहरी परिसर पठाइएको छ श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन २०७५ को कसुर गरेको आरोप छ।