काठमाडौ —रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्थित टिमुरेमा भिषण बाढीले पहिरो गएको चार दिन पछि सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरेको छ ।
बाढी–पहिरोका कारण टिमुरे क्षेत्रमा ठुलो क्षति पुगेपछि उद्धार तथा खोजी कार्यमा खटिएको एपीएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको छ ।
उद्धार टोलीले बालिकालाई तत्काल माटोबाट बाहिर निकालेर उपचारका लागि अस्पताल पठाएको छ ।