बुधबार, पुस १७, २०८१
बुधबार, पुस १७, २०८१
  • होमपेज
  • कृषि
  • कर्णालीमा खडेरी अनिकालको संकेत

कर्णालीमा खडेरी अनिकालको संकेत

  • बुधबार, बैशाख १२, २०८१
कर्णालीमा खडेरी अनिकालको संकेत

 

क्याराभान खबर  कर्णालीमा यो बर्ष प्रयाप्त हिमपात र बर्षा नहुदा खडेरी देखा परेको छ । खडेरीको संकेतले सर्बसाधारण किसानलाई अनिकालको पीर पर्न थालेको छ ।
मुगुको सोरु, खत्याड, मुगुम कार्मारोङ र छायानाथ रारा नगरपालिकामा खडेरी देखा परेको छ । त्यसै गरि हुम्ला जिल्लाको सर्केगाड, अदानचुली , चंखेली गाउपालिकामा पनि खडेरी किसानलाई अन्नबाली लगाउन मुश्किल हुन थालेको छ ।
मुगु खत्याड गाउपालिका–८ सुकाढिकका अगुवा किसान राजबहादुर कार्की खडेरीले यो बर्ष अन्नबाली लगाउन मुश्किल भएको र अनिकाल देखा परेको सुनाए । बर्षा नहुदा खडेरीले खेतबारीको जौ गहु“ बाली सुकेर उत्पादनमा ह्रास आएको कार्तिके बाली लगाउन कठिन भएको किसानको भनाई छ ।
गत असोज देखि बर्षा नहुदा खेतबारीको जौ गहु तरकारी फलफुलका बोट देखि देखि बन पाखाका बोट बिरुवा सुकेर उजाड देखिन थालेका छन । आकासमा बादल आएपछि पानी आउला भनेर खुशी हुन्छौ मुगु सुकाढिक गाउ“की अमृता कार्कीले सुनाइन
आकास बाट बर्षा नहुदा तलको सिचाईले जौ गह“ जोगाउन मुश्किल भएको स्थानीको भनाई । मुगुको जिल्लाको लेकाली क्षेत्रमा गत माघमा हल्का हिमपात र बर्षा भए पनि बेशीतिर गत असोज देखि बर्षा र हिमपात नहु“दा खडेरी किसानको जेठ बाली सुकेर कम उत्पादन हुने भएको छ ।
खडेरी संगै बनपाखामा आगलागी भई घा“स जलेर सखाप भएपछि स्थानीयलाई चौपाय पाल्न मुश्किल देखिएको छ । मुगु जिल्लाको खत्याड गाउपालिकाको सुकाढिक, रिघा, हयाङलु, लुई, ठामलेख, डुमाना, सोरु गाउपालिकाको भीई, नार्थपु, जिमा, धैनकोट लिब्रु, फोतु बस्तीमा खडेरीले गर्दा किसानलाई चिन्ता उब्जिएको छ ।

चर्चामा

सम्बन्धित समाचार