बुधबार, पुस १७, २०८१
बुधबार, पुस १७, २०८१
  • होमपेज
  • समाचार
  • अष्ट्रेलियनको लगानीमा रारामा लक्जरी रिर्सोट

अष्ट्रेलियनको लगानीमा रारामा लक्जरी रिर्सोट

  • सोमवार, बैशाख १७, २०८१
अष्ट्रेलियनको लगानीमा रारामा लक्जरी रिर्सोट

काठमाडौं—कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकिय स्थल रारामा अष्ट्रेलियनको लगानीमा पहिलो लक्जरी रिर्सोट बन्ने भएको छ । राजधानीमा आइतबार देखि सुरु भएको लगानी सम्मेलनमा यस सम्बन्धि सम्झौता भएको हो ।
रारामा निर्माण हुने लक्जरी रिर्सोटको लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको छ । एक्सपर्ट ग्रुपको तर्फ बाट बद्री अर्याल सञ्जीव शर्मा तथा रारा होल्डिङस् प्रालिको तर्फ बाट अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन ।
रारा मुर्माको ८० रोपनीमा बन्ने उक्त लक्जरी रिर्सोटको निम्ति पहिलो चरणमा ७० करोड लगानी हुने छ । यो परियोजना कर्णली प्रदेशकै प्रथम परियोजना मानिएको छ । यो लक्जरी रिर्सोट निर्माण करिव १८ महिना भित्र निर्माण गरि सक्ने लक्ष्यका साथ निर्माण कार्य तत्कालै अघि बढाइने भएको छ ।
अष्टे«लियनको लगानीमा रारामा पहिलो लक्जरी रिर्सोट बन्ने कुराले मुगुबासीलाई खुशीको बिषय भएको संघीय सभासद ऐनबहादुर शाहीले भने छिटो काम अगाडी बढोस् । समुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा रहेको रारामा बिदेशी पर्यटकको लागि सुबिधायुक्त होटल नहु“दा घुम्न आएका पर्यटकलाई बास बस्न समस्या हुने गरेको छ । रारा ताल वरपर स—साना होटल डेड दर्जन भन्दा बढी छन तर पर्यटकको निम्ति सुबिधायुक्त छैनन । रारा मुर्माकोट रारा भ्यू होम छ ।

चर्चामा

सम्बन्धित समाचार