मुगु—बिश्वब्यापी कोरोना महामारीका कारण बन्द भएको मुगुको उत्तरी तिब्बती ब्यापारी नाक्चेनाङला ब्यापारी नाका पाच बर्ष पछि खुल्ने भएपछि मुगुम कार्मारोङबासी उत्साहित भएका छन ।कोरोनाका कारण मुगुको उत्तरी नाका तिब्बतले एकतर्फी बन्द गर्दा मुगुम कार्मारोङबासीलाई दैनिक उपभोग्य बस्तु आयात गर्न र जडिबुटी निर्यात गर्न सास्ती भइरहेको अबस्था तिब्बतले साउन १७ देखि बन्द नाका खुल्ने भएको छ ।पाच बर्ष देखि बन्द रहेको उत्तरी नाका साउन १७ देखि खुल्ने निश्चित भएको मुगुम कार्मारोङ गाउ“पालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । नाका खुल्ने खबरले स्थानीय उत्साहित भएको उनको भनाई छ । उक्त नाका १५ दिनको लागि मात्र खुल्ने उनले सुनाए ।
उत्तरी नाकामा समान किनमेल गर्न जाने कार्मारोङका सर्बसाधारण स्थानीयलाई जिल्ला प्रशासन कार्यालय प्रबेश पास बितरण सुरु गरेको छ । प्रबेश पास लिने मुगुम कार्मारोङ गाउ“पालिकाका स्थानीयको घुइचो लागेको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।
मुगु,, चितै, डोल्फू, कार्ति, किम्री, लगायत १७ वटा बस्तीका स्थानीय तिब्बतमा समान किन्न जानको लागि पास लिन गमगढी जिल्ला प्रशासन कार्यालय आएका छन । उत्तरी नाका खुल्ने खबरले सिंगो कार्मारोङबासीको मुहारमा खुशी देखिएको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
बिगत बर्षहरुमा पनि तिब्बतले १५ दिनको लागि मात्र मुगुको उत्तरी ब्यापारी नाका खुल्ने गथ्र्यो भने अहिले पनि सोही समयमा तिब्बतले नाका खुलाउन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।मुगु र तिब्बत सिमाना नाक्चेनाङला ह्याजीमार स्थानमा तिब्बतले १५ दिनको लागि अस्थायी हाटबजार संचालन गर्ने र मुगुम कार्मारोङबासी घोडा खच्चर झोवा चौरी भरिया लगेर नुन, चामल, मैदा, ध्यू ,चिया, चिनी, जुत्ता, उन, कपाडा, रक्सी किनमेल गर्न जाने गरेका छन ।कार्मारोङबासीले तिब्बतमा समान किनमेल गर्न जादा स्थानीय उत्पादन उवा, चुलीका बोक्रा, स्याउ, यार्सा, लगायत जडिबुटी लगेर बिक्री गर्ने र खाद्य बस्तु किनेर ल्याउने गरेका छन ।