बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • योजना बिचौलिया लक्षित हुनुहुदैन ः मुख्यमन्त्री कडेल

योजना बिचौलिया लक्षित हुनुहुदैन ः मुख्यमन्त्री कडेल

  • शुक्रबार, मंसिर ७, २०८१
योजना बिचौलिया लक्षित हुनुहुदैन ः मुख्यमन्त्री कडेल

मुगु  सदरमुकाम गमगढीमा मंगलबार पुगेका कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री यमलाल कंडेलले राज्यका तिनै निकायबाट संचालित हुने योजना तथा कार्यक्रम बिचौलीयाको नभई सेवाग्राही हकमा हुनु पर्ने बताएका छन ।
बुधबार नेपाल पत्रकार महासंघले आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्य मन्त्री कंडेलले पत्रकारहरु संग यस्तो कुरा बताएका हुन ।
संबिधानतय देशमा तिन तहका सरकार छन । तिनै सरकारबाट निर्णय भई बजेट बिनियजेजित भई सकेका योजना तथा कार्यक्रम यथासिघ्र प्रभावकारी रुपमा समयमै सम्पन्न गर्न प्रदेश सरकार लागी परेको छ । यो बिषयमा कर्णाली प्रदेश सरकारका मन्त्रालयमा छलफल भई सकेका छ । मन्त्रालयबाट बिनियोजित बजेटका योजना असुन्तलित र भेदभावपुर्ण नभई सबैको समान सहभागीता हुने गरी बिचौलियको नभई सेवा ग्राहीको बनाउनकालागी आफुले कर्णाली प्रदेशका रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख, हुम्ला ,कालीकोट र मुगुमा पुगी स्थानिय सरकार, राजनितिक दल तथा अन्य सरोकारवाल निकायसंग छलफल गर्दै अगाढी बढ्ने कर्णाली प्रदेश सरकारको योजना रहेको पत्रकार भेटघाट कार्यक्रममा मुख्य कंडेलले बताएका थिए ।
बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा सर्बदलिय बैठक र दिउसो जिल्ला समन्वयसमितिको सभाहलमा स्थानियतह तथा सरकारी कार्यलय राजनितिकदल संग भएको छलफलमा मुख्य मन्त्री कंडेलले कोहलपुर—सुर्खेत सुर्खेत—हिल्सा सुर्खेत— डोल्फा भेरी करिडोर नाग्मा—गमगढी हुदै नाक्चेलाग्ना सडक बिस्तार गर्दै दुई लेनको सडक निर्माणकालागी संघिय सरकारका प्रधान मन्त्री लगाए अन्य मन्त्रीहरु संग यो बिषयमा अगाढी बढाई दिन आग्रह समेत गरेको बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार