शुक्रबार, पुस २६, २०८१
शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सडक सञ्जालमा जोडियो मुगुको लिब्रु गाउँ

सडक सञ्जालमा जोडियो मुगुको लिब्रु गाउँ

  • शनिबार, मंसिर १५, २०८१
सडक सञ्जालमा जोडियो मुगुको लिब्रु गाउँ

मुगु—सोरु गाउँपालिकाका —४ गहुकला नेपाली गाउँ पहिलो पटक जिप पुगेपछि खुशी भइन । करिव ३ घण्टा उकालो हिडेर सोरुकोट पुगेपछि मात्र जिप देख्न पाएकी उनी गाउ“मै जिप पुगेपछि खुशी भएकी हुन ।

सोही गाउ“का रनबीर शाहीले पनि गाउ जिप आएको देखेपछि मुहारमा खुशी छाएको छ । गाउ“मै जिप पुग्लान भन्ने मेरो कल्पना पनि थिएन शाहीले भने गाउमा जिपको लस्कर आउदा बिकास पुगेको महसुस भयो ।सोरु गाउँपालिका कर्णाली प्रदेश सरकार स्थानीय पूर्बाधार बिकास कार्यक्रमको संयुक्त करिव २ करोड आर्थिक लागत सोरुकोट बाट जडेपानी, मुसिनमेला हुदै लिब्रु गाउ“ सम्म करिव १३ किमी सडक निर्माण गरेपछि लिब्रु गाउ“मा जिप चल्न थालेपछि सर्बसाधारण स्थानीयको मुहारमा खुशी छाएको छ । गाउ“मा मोटर बाटो पुगेपछि तलिलिब्रु, माथिलिब्रु, भादगाउ“, रावलवाडा, खातीकुयानी, गिलीबिलि, फोतु लगायत बस्तीका स्थानीयलाई सोरुकोट गाउ“पालिका केन्द्र पुगेर सरकारी कामकाज गर्न, उपभोग्य बस्तु किनमेल गर्न सुबिधा भएको छ ।

बृद्धाभत्ता भिक्न तीन घण्टा उकालो चढेर सोरुकोट बैंकमा पुग्ने गथ्र्यौ लिब्रु गाउ“मा भैरे कामीले भने अब बृद्धाभत्ता झिक्ने जिप चढेर सोरुकोट पुग्न पाइने भयो । ज्यालादारी काम गर्न भारत जा“दा मोटर दुख्ने पाइन्थ्यो उनले भने अब गाउ“मै जिप पुगे शहरको बिकास पनि गाउ“मै पुगिसक्यो ।निर्वाचनको बेला लिब्रु गाउ“मा मोटर बाटो पु¥याउने बाचा पुरा गर्न सफल भइयो सोरु गाउ“पालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए । सोरुकोट लिब्रु सडक निर्माण कार्य सुरु गरेको दुई बर्ष भित्रै लिब्रु गाउ“मा जिप पुगेको उनको भनाई छ । सडक सुबिधा पुगेपछि स्थानीयलाई समान ढुवानी गर्न सजिलो भएको वडाअध्यक्ष गोर्ख मल्लको भनाई छ । खच्चर बाट समान ढुवानी गर्दै आएका लिब्रू गाउबासी अब जिप टयाक्टर मार्फत समान ढुवानी गर्न पाइने मल्लले बताए ।

५ बर्ष भित्र पालिका भित्रका ५६ वटै बस्तीमा सडक निर्माण गरेर जिप पु¥याउने लक्ष्यका साथ सडक निर्माण कार्यलाई प्राथमिकता दिइएको अध्यक्षको भनाई छ । गाउ“मा सडक पुगेपछि स्थानीय उत्पादन केरा बदम, मास, रातो चामल स्थानीयलाई बिक्री गर्न सहज भएको छ । गाउ“को उत्पादन सोरुकोट बजार ल्याएर बेचेर पैसा कमाउन पाइने स्थानीयको भनाई छ ।लिब्रु गाउ“ र सोरुकोट बीच सडकले सम्बन्ध जोडेको पालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले भने सडकको खुशीयाली संगै लिब्रु गाउ“वासीले उत्पादन बृद्धि गरेर आयआर्जन गर्ने अबसर प्रदान भएको छ ।

जिप चढन पनि पैसा चाहिन्छ पालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले भने अब स्थानीय उत्पादन तिर लाग्नुस् । सडक केही ल्याउदै प्रशासकिय अधिकृतले भने आफुले मिहिनेत परिश्रम गरेर बजारको सम्बन्ध जोडनुस । जिल्लम सदरमुकाम गमगढी देखि सोरुकोट सम्म चार ६ बर्ष अघि नै सडक निर्माण कार्य पुरा गरि सवारी साधन चल्न थालेका थिए ।सोरु गाउ“पालिकाको १ देखि ११ वटा वडाभित्रका ५६ वटा बस्ती मध्ये आसिधारा, कच्चे, गिलाहा तारापानी, सिप, पुरुमुरु, बन्जाहा, नार्थपु, भीई,कालै, लिब्रु लगायत बस्तीमा सडक सुबिधा पुगेको बा“की बस्तीमा ५ बर्ष भित्र सडक पु¥याउने लक्ष्य राखिएको गाउ“पालिकाले जनाएको छ । सोरुकोट लिब्रु सडकको बिहिबार पुर्व शिक्षा एवम कागै्रसका नेता राज्य मन्त्री हस्तबहादुर मल्लले उदघाटन गरेका छन ।।

चर्चामा

सम्बन्धित समाचार