शुक्रबार, बैशाख ५, २०८२
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि छलफल सम्पन्न

कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि छलफल सम्पन्न

  • शनिबार, मंसिर १५, २०८१
कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि छलफल सम्पन्न

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले ०८१र८२ देखि ०८५र८६ सम्मको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि आज कर्णालीमा कार्यरत प्राज्ञिक व्यक्तित्व र सञ्चारकर्मीहरूसँग छलफल सम्पन्न गरेको छ।कार्यक्रमको उद्घाटन मुख्यमन्त्री तथा आयोगका अध्यक्ष यामलाल कँडेलले गर्नुभएको थियो।माननीय मुख्यमन्त्री यामलाल कँडेलले नितिमा जोड दिदै कर्णाली प्रदेश सरकार र सरोकारवाला सबैका लागि मार्गनिर्देश गर्ने र सबैले ग्रहण गर्न लायक पारितन्मुख दस्ताबेज तयारीमा रहेको बताउनु भएको छ१
आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको मन्तव्य सहित योजना आयोगले समष्टिगत रूपमासमृद्ध कर्णाली निर्माणका लागि सुशासन, सामाजिक न्याय र सबैले स्वीकार गर्न सक्ने नीति र योजना बन्न लागेकोमा खुसी ब्यक्त गर्नु भएको छ १

कार्यक्रममा स्वागत तथा उद्वेश्य माथि प्रकाश पार्दे कर्णाली प्रदेश योजना आयोगका माननीय अशोक नाथ योगीले कर्णाली प्रदेश योजना आयोगले बिभिन्न चरणमा विभिन्न निकाय बाट प्राप्त सुझावहरूलाई समेट्दै शक्तिशाली,बैभवशाली, र समृद्धशाली कर्णाली निर्माणको र बिकासको अभियानलाई निरन्तरता दिने काममा आयोग निरन्तर लागि परेको बताउनु भयो १कर्णाली प्रदेश योजना आयोगले प्रदेश सभाका माननीय सदस्यहरू, बिकास साझेदारहरू,उधमी,ब्यबसायी,निजी सहकारी क्षेत्र पछि प्राज्ञिक क्षेत्र र संचार जगत संग को चरण बद्व रूपमा छलफल गरिएको साझा दस्ताबेज र सर्ब स्वीकार्य प्रदेश सरकार र सबै सरोकार वालाहरू लाई समृद्व कर्णाली र सुखारी कर्णाली बासीको सोच लाई पूरा गर्न लागि परेको र सबैले स्वामित्व लिने गरि कार्यन्वयनमा समेत् सबैको सहयोग रहने गरि सकरात्मक र रचनात्मक सुझाबको अपेक्षा गरेको बताउनु भएको छ १आयोगका उपाध्यक्ष माननीय सुर्य नाथ योगीले प्रस्तुत गरेकोमस्यौदा माथि छलफल गरि थप सुझावहरू संकलन गरिएको थियो १कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले श्रावण २४ गते सपथ लिए यता रातादिन छोटो समयमा निकै मेहनतका साथ तयार पारेको बृहत् र बिस्तृत १५ परिच्छेदको योजनाको अन्तिम मस्यौदा दस्तावेजको प्रशंसा समेत गरिएको थियो

चर्चामा

सम्बन्धित समाचार