
काठमाडौ —नेपाल सरकारका वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तु बीचको द्वोन्द बढिरहेको बताउनु भएको छ ।आइतबार पर्सा राष्ट्रिय निकुञ्जको अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री शाहीले पछिल्लो पटक निकुञ्ज क्षेत्र भित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउ“बस्ती भित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको आपसी द्वोन्द हुन थालेको मन्त्रीको भनाई छ ।
बाघ र जंगली हात्तीलाई बाहिर नआउने र मान्छेलाई भित्र नजाने ब्याबस्था मिलाउन सके मानव र वन्यन्तु बीचको द्वोन्द न्यूनिकरण गर्न सकिने मन्त्री शाहीले भने मानव र वन्यजन्तु बीचको द्वोन्द घटाउन प्रयास भइरहेका छन ।मन्त्रीले भने जंगल जनावर हिडने बाटो क्षेत्र तिर मानव बस्ती बिस्तार हुने थालेपछि समस्या बल्झिदै जान थालेको हो । वन्यजन्तुले क्षेति गर्दा पिडित पक्षलाई राहातको ब्याबस्था तत्काल गरिनु पर्छ मन्त्रीले भने क्षेति ब्यहोरेका स्थानीयले तत्काल राहात नपाउदा वन्यजन्तु प्रति आक्रोष र आक्रमण गर्न थालेका छन । निकुञ्ज संरक्षण क्षेत्र समस्या होइन समृद्धि सित जोडन आबश्यक देखिएको मन्त्रीले बताउनु भयो ।
पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएको हुदा टिकट प्रणालीलाई एकद्धारा गर्न आबश्यक देखिएको मन्त्रीले चितवन निकुञ्ज भ्रमणमा आएका पर्यटक पर्सा पनि आउनु र पर्सा निकुञ्ज घुम्न आएका पर्यटक चितवन निकुञ्ज पनि भ्रमण गर्न सकिनु । मन्त्रीले भन्नु भयो निकुञ्ज पर्यटन क्षेत्रको प्रमुख गन्त्ब्य भएकोले जन जंगल वन्यजन्तु जोगाउन सबैको कर्मब्य हो ।वन क्षेत्र भित्र ढलेपरेका र सडेगलेका काठलाई प्रयोगमा ल्याउन र बाहिर बाट आयात हुने काठलाई रोक्न वन तथा वाताबरण मन्त्रालयले गृहकार्य गरि रहेको मन्त्रीको भनाई रहेको छ । निकुञ्ज र वन क्षेत्रको समस्या समधानको निम्ति ऐन नियम संशोधन गर्न कार्यमा मन्त्रालय लागि रहेको मन्त्रीले भने वन मन्त्रालय बिकासको बाधक हो भन्ने मानिस प्रतिको भ्रमको अन्त गर्न तयार छौ ।पर्सा राष्ट्रिय निकुञ्जको समस्या र समधान गर्नु पर्ने कार्यहरु मैले गम्भिरता पूर्वक लिएको छु मन्त्रीले भने निकुञ्ज संरक्षण अधिकृत कर्मचारीहरु राम्रो काम प्रति अझै ध्यान दिनुहोला ।