आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • कर्णाली प्रदेश
  • जाडोले मुगुका १ सय २० परिवार बाहिरिए

जाडोले मुगुका १ सय २० परिवार बाहिरिए

  • बुधबार, पुस १०, २०८१
जाडोले  मुगुका १ सय २० परिवार बाहिरिए

मुगु—जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो भेगमा हिमपात संगै अत्याधिक जाडो बढेपछि करिव १ सय २० परिवारले गाउँ छोडेर बाहिरिएका छन ।उक्त गाउँपालिकाको वडान–२ मुगु गाउँमा जाडोले गाउँमा बस्न नसक्ने अबस्था आएपछि घर छोडेर सम्पूर्ण स्थानीय बाहिरिएको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।

अध्यक्ष लामाका अनुसार कार्मारोङ क्षेत्रमा मंसिरमै दुई पटक हिमपात हुदा अत्याधिक जाडोले धारा खोलाको पानी जम्न थालेको सिरसिर हावा संगै चिसोले घर निस्कन नसकिने अबस्था आएपछि बाध्य भएर गाउँलेले घर छोडेर बाहिरनु पर्ने अबस्था छगाउँको हेरचाहा र मालमसानको सुरक्षा गर्ने दुई तिन जनालाई छोडेर चौपाय बस्तु सहित कोही सिरानचौर, कोही, चितै तिहार बगर कोही गमगढी त कोही जुम्ला काठमाडौं तर्फ लागेको अध्यक्षको भनाई छ ।जाडोले गर्दा १ सय २० परिवारले गाउँ छोडेर बाहिरिए पछि बिद्यालयको पढाई पढाई स्वास्थ्य केन्द्र तथा वडा कायालयको सेवा प्रबाह प्रभावित बनेको छ ।जाडाले गर्दा मंसिरमा गाउँ छोडेका स्थानीयले गर्मी मौसम सुरुवात संगै चैत बैशाखमा घर फर्किने गरेका छन । मंसिर देखि चैत बैशाख महिना सम्म मुगु गाउँ मानव बिहिन हुने गरेको छ ।उक्त मुगु गाउँमा रहेको सिमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान पनि जाडो कटाउन जिल्ला सदरमुकामतिर फर्केका छन ।समुद्री सतह देखि करिव ३३ सय मिटर उचाइमा रहेको मुगु गाउँका स्थानीय जाडो मौसममा ६ महिना बेशी र गर्मी मौसममा ६ महिना गाउँमै बस्ने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार