काठमाडौ—सुदुरपश्चिम र कर्णालीका पहाडी जिल्लामा हिमपात भएको छ । शुक्रबार देखि मौसममा बदलिइ भई बर्षा संगै हिमपात भएको हो ।सुदुरपश्चिमको बाजुरा, बझाङ र कर्णालीको हुम्ला, मुगु, जुम्लाको उच्च लेकाली क्षेत्रमा बर्षा संगै हिमपात भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउ“पालिका सहित सिमकोटमा तेश्रो पटक हिमपात भएको छ ।
बर्षा संगै हिमपात भएपछि अत्याधिक जाडो बढेर जनजीवन प्रभावित भएको छ । मुगुको पर्यटकिय स्थल रारामा दोश्रो पटक हिमपात भएको छ । रारा संगै मुर्मा, चुचुमारे, मुन्दु, रोबालेक र मुगुम कार्मारोङ गाउपालिकाको माथिल्लो क्षेत्र हिमपात भएको छ ।रारामा हिमपात भएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । मुगु सोरु गाउ“पालिकाको सोरुकोट क्षेत्रमा पनि बर्षा संगै हिमपात भएको छ । बर्षा र हिउ“को प्रतिक्षामा बसेका किसान खुशी भएका छन ।बिगत बर्षको तुलनामा कम हिउ पर्न थालेको स्थानीयको भनाई छ । पहिले धेरै हिउ आउथ्यो रारा मुगु गाउका बिर्ख रोकायाले भने जलवायु परिर्वतनको असरले हिउ कम पर्न थालेको छ ।