
चितवन सौराहा – नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदीमा १५ वटा दुर्लभ पोथी घडियाल गोही नदिमा छाडनु भएको छ ।मन्त्री शाहीले चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका चार बर्ष भन्दा मुनीको १५ वटा पोथी घडियाल गोहीलाई नदीमा छाडेकोे निकुञ्जको कार्यालयले जनाएको छ मन्त्री शाही सहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देश्क निर्देशक रामचन्द्र कडेँल,,वरिष्ठ इकोलोजिष्ट हरि भद्र आचार्य, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा। गणेश पन्त, चितवन राष्ट्रि निकुञ्ज सुरक्षार्थ खटिएका नयाँ गोरख दल गणका गणपति प्रमुख सेनानी शिवराम बस्न्यात,चितवन रष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापा मगर राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहाका प्रमुख राज कुमार गुरुङ र रेडिसन नेपालका विष्णु थपलिया लगायतले संयुक्त रुपमा गोही छड्नुभएको हो ।चालु आर्थिक बर्षमा हाल सम्म १३३ वटा गोहीलाई प्राकृतिक वास्थानमा छाडेको चितवन राष्ट्रिय निकुञ्जले जनएको छ ।