सोमवार, बैशाख १५, २०८२
सोमवार, बैशाख १५, २०८२
  • होमपेज
  • समाचार
  • राप्ती नदिमा घडियाल गोहीका अण्डा संकलन सुरु

राप्ती नदिमा घडियाल गोहीका अण्डा संकलन सुरु

  • सोमवार, बैशाख १५, २०८२
राप्ती नदिमा घडियाल गोहीका अण्डा संकलन सुरु

काठमाडौ – चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको हो ।राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो । भेटिएका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको उनको भनाइ छ । यही वैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो ।गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो । यसवर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने अनुमान गरिएको उनले बताए । यसवर्ष राप्ती नदीको पूर्वबाट सुरु अण्डा सङ्कलन गरिने छगत वर्ष २४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको थियो । कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ ।सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

चर्चामा

सम्बन्धित समाचार