सोमवार, असार २३, २०८२
सोमवार, असार २३, २०८२
  • होमपेज
  • समाचार
  • आज गणतन्त्र दिवश देशभर बिभिन्न कार्यक्रम गरि मनाइदै

आज गणतन्त्र दिवश देशभर बिभिन्न कार्यक्रम गरि मनाइदै

  • बिहिबार, जेष्ठ १६, २०८२
आज गणतन्त्र दिवश देशभर बिभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौ –देशभर आज बिभिन्न कार्यक्रम गरि हर्सोउल्लासका साथ गणतन्त्र दिवस मनाइदै छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनामा आज गणतन्त्र दिवस मनाउने गरिएको हो ।जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वाेच्चता प्राप्त भएको थियो । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नु पर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार