मुगु —जिल्ला स्थित सोरु गाँउपालिकाका ६ सय ६८ जनाको आ“खा रोगको परिक्षण र ५२ जनाको निशुल्क शल्यक्रिया गरिएको छ ।नेपाल रेडक्र्रस सोसाईटी सुर्खेत र आँखा अस्पताल सुर्खेतको प्राबिधीक सहयोग र आयूआटी फाउन्डेसनको आर्थिक सहयोगमा सोरु गाँउपालिकाको सहजीकरण वडान १ देखि ११ सम्मका ५४ वटा बस्तीका आ“खा रोगको लक्षित गरि संचालन गरिएको निशुल्क आ“खा शिबिरमा ६ सय ६८ जनाको आ“खा परिक्षण र ५२ जनाको निशुल्क शल्यक्रिया गरिएको गाउ“पालिकाले जनाएको छ ।
घरयासी परिस्थितिका कारण आ“खाको रोग सहेर बस्न बाध्य भएका स्थानीय निशुल्क शिबिरमा उपचार गर्न पाउदा सारै खुशी भएका छन । आ“खा रोगको उपचार गर्न गमगढी, सुर्खेत नेपालञ्ज र जुम्ला जानु पर्ने बाध्यता बाट मुक्त पाउदा स्थानीय हर्षित भएका छन ।पालिका स्थित लिबु्र गाँउका बर्ष ८१ बर्षिय रनबिर शाही खुशी हुदै भने निशुल्क आ“खाको शल्यक्रिया गर्न पायौ । बाहिर जान समस्या आ“खाको रोग पालेर बसेका थियौ । उनलाई लामो समय देखि आँखा दुख्र्ने,चिलाउने,पाक्र्ने ,आसु झरिरहने ,सानो बस्तु देख्न नसक्ने समस्या पिडित थिए । गाउ“मै निशुल्क आ“खा शिबिर संचालन गर्ने निकायलाई खुशी हुदै शाहीले धन्यबाद समेत दिए ।
पालिका भित्र रहेका आँखा रोगले समस्या भएका स्थानीयलाई राहात होस भन्ने हिसावले निशुल्क आ“खा शिबिर संचालन गरिएको पालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए । यस पालिका बाट खाजा खर्च बापत प्रतिब्यक्ति १ हजार आँखा अप्रेशन गरेका ब्यक्ति ब्लाई उपलब्ध गराएको उनको भनाई छ घरमा आगो बढी प्रयोग गर्ने धुवा धुलो,लगाएत बिभिन्न समस्याका कारण मोतिबिन्दु, आँखा चिलाउने पाक्ने, चोटपटक लागेका,एलजि लगायत बिभिन्न रोगका बिरामी बढी देखा परेको डाक्टर सबिना पराजुलीको भनाई छ । निशुल्क आ“खा शिबिरले यहा“का आ“खाका रोगीलाई ठूलो राहात मिलेको पराजुलीले बताइन । उक्त शिबिरमा करिव ८९ जनालाई चश्मा बितरण पनि गरिएको छ । पालिकाको सहजीकरण संचालन भएको आ“खा शिबिरमा १ सय भन्दा बढी महिला पुरुष बृद्धा खुशी भएको पालिका अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ ।