मुगु —आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कालिकोट जिल्ला बाट कांग्रेसले युवा नेता भूपेन्द्रजंग शाही सहित ३ जना सिफारिस गरिएको छ । जिल्ला कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ युवा नेता भूपेन्द्रजंग शाही र पार्टी सभापति अम्बबहादुर शाही, महिला नेता सीता रावललाई सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ कालीबहादुर सहकारी (खस–आर्य), सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित) सिफारिस गरिएको छ ।