मुगु —जिल्ला स्थित छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले दोश्रो पटक आफनो सम्पत्ति सार्वजनिक गरेका छन ।भामले कार्यभार सम्हालेको एक साता नबित्दै पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । पुन दोश्रो पटक जेनजी समुहको सहकार्यमा भामले आफनो कार्यकक्षमा दोश्रो पटक सम्पत्ति विवरण सार्वजनिक गरेका छन ।सार्बजनिक गरेको सम्पति बिवरण अनुसार १४ तोला सुन, २० तोला चाँदी, ११ लाख बैक ब्यालेन्स र नगद मौज्दात रहेको भामले बताए । त्यसै गरि साविकको कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ को ४२३१३ वर्ग मिटर, साविकको श्रीनगर गाविसमा कित्ता नम्बर ५ को ५५८ बर्ग मिटर, साविकको पिना गाविसमा कित्ता नम्बर ३ को ४५५८ वर्गमिटर जग्गा रहेको भामको भनाई छ ।
नगर प्रमुख भामले भने सुर्खेतको साविकको लाटिकोईली गाविसमा २ कित्ता ३६२ वर्गमिटर जग्गा रहेको छ । नगरपालिका–४ भामबाडा गाउँमा निजी निवासमा रहेको सात कोठे एउटा घर आमा लालकली भामको नाममा रहेको उहाको भनाई छ ।गमगढी बजारमा आठ कोठाको घर पनि आमाकै नाममा रहेको भामले उल्लेख गरे । गमगढी बजारमा रहेको ६ कोठाको घर श्रीमती अनिता रावलको नाममा रहेको र नेपालगन्जको तीन तले घर आमा लालकली भामको नाममा रहको नगर प्रमुखले सुनाएनगर प्रमुख भामले यिनी सम्पत्तिमा आफ्नो कुनै हक दावी नलाग्ने बताएका छन । प्रायः जग्गा आमाको नाममा रहेको हुँदा कुनै पनि जग्गामा नाम नरहेको भामको भनाई छ ।यो सबै सम्पत्ति पुख्र्यौली भएको जानकारी गराएका छन ।
मेयर भामले गरेको सार्वजानिक सम्पत्ति विवरण अनुसार तामाका भाँडाकुँडा, हुड्को ताउलो ११ थान , धार्नी, काँसका भाँडाकुँडा २० थान , अन्य सानातिना सामानहरू सय थान र लिउ, गलैँचा समेतका लत्ता कपडा रहेको छ । कार्यक्रममा जेनजी समूह मुगुका जिल्ला संयोजक राजेन्द्र शाही, मुगु–काठमाडौं सम्पर्क समितिका संयोजक भुवन टमटा लगायतका वक्ताहरूले नगरमा भएका विकाससम्बन्धी अनियमितताप्रति ध्यानाकर्षण गराउँदै जनप्रतिनिधिहरूले पारदर्शिता र जवाफदेहितालाई निरन्तरता दिनुपर्ने बताएका छन ।