शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • हुम्ला रिपमा आगलागी, जलेर दुई जना शक्त घाइते

हुम्ला रिपमा आगलागी, जलेर दुई जना शक्त घाइते

  • शुक्रबार, पुस ११, २०८२
हुम्ला रिपमा आगलागी, जलेर दुई जना शक्त घाइते

’मुगु –कर्णाली प्रदेश अन्त्र्रगत हुम्ला सर्केगाड गाउँपालिका–६ रिपमा गएराति आगलागी हुदा  जलेर दुई जना शक्त घाइते  भएका छन । घाइतेमध्ये श्रीमान् लैबा फडेराको अवस्था गम्भीर रहेको छ भने उनकी श्रीमती बम्बु फडेराको अवस्था सामान्य रहेको जिल्ला अस्पताल सिमकोटले जनाएको छ ।आगलागीमा घाइते दुवै जनालाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल सिमकोट लगेर जिल्ला अस्पतालमा उपचार सुरु गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. उमाकान्त तिवारीका अनुसार लैबा फडेराको ५४ प्रतिशत शरीर जलेको छ भने बम्बु फडेराको १८ प्रतिशत शरीर जलेको जानकारी गराए । गम्भिर अबस्था लैबा फडेरालाई बाहिर रिफर गरिएको छ । हिजो राति करिब ११ बजे सुरु भएको आगलागीमा लैबा फडेरा, जयराम फडेरा र क्रान्ति फडेराका घर जलेर नष्ट भएका छन । आगजनी बाट अनाज मालसमान जलेर खरानी भएको छ ।

चर्चामा

सम्बन्धित समाचार