शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • समानुपातिक उम्मेदवारको नाम सच्याउन आग्रह गरिएको छ : पूर्ब मन्त्री शाही

समानुपातिक उम्मेदवारको नाम सच्याउन आग्रह गरिएको छ : पूर्ब मन्त्री शाही

  • बुधबार, पुस १६, २०८२
समानुपातिक उम्मेदवारको नाम सच्याउन आग्रह गरिएको छ  :  पूर्ब मन्त्री शाही

मुगु—पूर्बवनमन्त्री तथा कांग्रेस सभापति ऐनबहादुर शाही ठकुरीले कांग्रेसले निर्वाचन आयोगको बन्दसुचीमा पेस गरेको समानुपातिक उम्मेदवारको नाम रोम रोकाय गलत भएको हुदा सच्याउन आग्रह गरिएको बताएका छन ।
मंगलबार निर्वाचन आयोगमा मुगु जिल्लाको तर्फ बाट कांग्रेस समानुपातिक उम्मेदवारको नाम रोम रोकाय उल्लेख गरिएको जानकारी प्राप्त भएपछि कांग्रेस केन्द्रीय कार्यालयमा सम्र्पक गरि उक्त नाम सच्याउन आग्रह गरि सकेको शाहीको भनाई छ ।कांग्रेस जिल्ला कार्य समितिको बैठकले रोम रोकाय नामको ब्यक्तिलाई समानुपातिक उम्मेदवार सिफारिस नगरेको हुदा कसरी गल्ती नाम आयो अचम्म लागेको छ, उहाको भनाई छ ।

पूर्बमन्त्री शाहीका अनुसार कम्प्यूटरमा टाइप गर्दा गल्ती हुन सक्छ गल्ती भएका उम्मेदवारको नाम सच्याउने समय छ कुनै आत्तीनुहाल्नु पर्ने अबस्था छैन ।कांग्रेस जिल्ला कार्यसमितिको बैठकले समानुपातिक उम्मेदवारमा भीन भाम, भिम तिरुवा र महिला तर्फ केशरकला मल्ललाई सिफारिस गरि पठाएको शाहीको भनाई छ ,।

चर्चामा

सम्बन्धित समाचार