मुगु —नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेश सभा संसदीय दलको नेता चयन गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई ध्वनी मतको आधारमा बहुमत बाट संसदीय दलको नेता चयन गरेको छ ।दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनी मतले बहुमतको आधारमा शाहीलाई दलको नेतामा चयन भएका छन ।