मुगु —मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाहीले अग्रता लिएका छन । अहिलेसम्म शाही ६ हजार ५ सय ३० मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले ५ हजार ६ सय २४ मत ल्याएका छन्।
नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले ३ हजार ३६ मत प्राप्त गरेका छन । छायानाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउ“पालिकाको मत गणना सकेर अहिले खत्याड गाउपालिकाको मत गणना पनि अन्तिम चरणमा पुगेको छ । सोरु गाउपालिका मत गणना अझै बाकी छ ।