बुधबार, बैशाख १६, २०८३
बुधबार, बैशाख १६, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • छायाँनाथ ट्रेल अल्ट्राको लागि खेलाडी नाम दर्ता सुरु

छायाँनाथ ट्रेल अल्ट्राको लागि खेलाडी नाम दर्ता सुरु

  • बुधबार, बैशाख १६, २०८३
छायाँनाथ ट्रेल अल्ट्राको लागि खेलाडी नाम दर्ता सुरु

मुगु–मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ अल्ट्रा २०२६’ को लागि खेलाडीहरुको नाम दर्ता सुरु गरेको छ ।आगामी जेठ ३ गते हुने छायानाथ ट्रेल अल्ट्राको अनलाइन मार्फत नाम दर्ता गर्न सकिने मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पहिलो पटक आयोजना गर्न लागेको छायानाथ ट्रेल अल्ट्रा प्रतियोगितामा ५० किलोमिटर (अल्ट्रा), ३० किलोमिटर, १० किलोमिटर र स्थानीय सहभागिता बढाउन ५ किलोमिटर ‘फन रन’ विधा समावेश गरिएको छ। महिला र पुरुष दुवै तर्फ प्रतिस्पर्धा गरिने छ ।पर्यटन प्रवद्र्धनसँगै महत्वपूर्ण धार्मिक स्थलका रूपमा रहेको छायाँनाथ धामको प्रचार–प्रसार गर्ने उद्देश्यले यो छायानाथ ट्रेल अल्ट्रा गर्न लागिएको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । छायानाथ ट्रेल अल्ट्रामा सहभागी हुने खेलाडीहरुलाई उचित पुरस्कार समेत घोषणा गरिएको छ ।
जस अन्त्र्रगत ३० किलोमिटर मुख्य विधामा प्रथम हुनेले २ लाख रुपैयाँ, द्वितीयले १ लाख ५० हजार, तृतीयले १ लाख, चौथोले ७५ हजार र पाँचौँले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। अन्य विधाहरूमा पनि आकर्षक नगद पुरस्कार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिने अध्यक्ष लामाको भनाई छ । यो कार्यक्रम सम्पन्न गर्न करिब १८ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार