शनिबार, बैशाख १९, २०८३
शनिबार, बैशाख १९, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • सुर्खेतमा आज देखि कर्णाली युथ फेस्टिबल सुरु हुदै

सुर्खेतमा आज देखि कर्णाली युथ फेस्टिबल सुरु हुदै

  • शनिबार, बैशाख १९, २०८३
सुर्खेतमा आज देखि कर्णाली युथ फेस्टिबल सुरु हुदै

मुगु —सुन्दर कर्णाली समृद्ध कर्णाली भन्ने मुल नारा सहित आज देखि कर्णाली युथ फेस्टिवल भब्य र सब्य रुपमा प्रदेश राजधानी सुर्खेत बीरेन्द्रनगरमा सुरु हुने लागेको छ ।कर्णाली प्रदेशका युवाहरूको साझा मञ्चको रूपमा स्थापित युथ फेस्टिबलको दोस्रो संस्करण सुरु हुन लागेको हो । उक्त फेसिटवल यही वैशाख १९ र २० गते सम्म वीरेन्द्रनगरको सिटी हलमा संचालन हुने आयोजकले जनाएको छ ।

युथ फेस्टिवलका आयोजक समितिका संयोजक विनोदकुमार शाहीका अनुसार फेस्टिबल युवाहरूको बौद्धिक, सामाजिक र सांस्कृतिक विकास सँगै मनोरञ्जन रहेको बताउनु भयो ।कर्णाली प्रदेशका सबै जिल्ला र स्थानीय तहका युवाहरूको सहभागितामा विकास, शिक्षा, स्वास्थ्य, र स्वरोजगारका साझा मुद्दाहरुका गहन रुपमा छलफल गरिने भएको छ ।
कर्णालीलाई विश्वमा चिनाउन उदाहरणीय कार्य गर्ने उत्कृष्ट १० जना युवाहरूलाई कर्णाली युथ आइकन अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । यो फेस्टिबलले कर्णालीका युवाहरूका लागि आफ्नो प्रतिभा र पहिचान प्रस्तुत गर्ने उदेश्य अनुरुप हुने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार