मुगु —ज्योति फाउन्डोसनले भूकम्प प्रभावित जिल्लाका १५ जना छात्रालाई छात्रवृत्ति वितरण गरेको छ ।गैरआवासीय नेपाली संघ एनआरएनएको सहकार्यमा रुकुम पश्चिम र जाजरकोटका छात्रालााई तेस्रो पटक छात्रवृत्ति वितरण गरेको हो ।भूकम्पलगत्तै सुर्खेतमा सांगीतिक कार्यक्रम गरेर जम्मा भएको रकमबाट फाउन्डेसनले छात्रवृत्ति वितरण सुरु गरेको थियो । १५ जना छात्राबाट छात्रवृत्ति वितरण कार्यक्रम सुरु गरेको फाउन्डेसनले हाल कर्णालीका १० वटै जिल्लाका ३० जना छात्राहरुलाई कक्षा १० सम्म छात्रबृत्ति वितरण सुरु गरेको छ ।
फाउण्डेसनका अध्यक्ष ज्योति कटुवालले छात्रवृत्ति वितरण कार्यक्रमलाई आगामी वर्षहरुमा बढाउँदै लिने जानकारी दिइन् । सुरुमा १५ वटा छात्राहरुलाई छात्रवृत्ति वितरण गरेका थियौं, तर अहिले १० वटै जिल्लाका ३० जना पुगेका छन्, उनले भनिन्, ‘यसलाई आगामी वर्षहरुमा बढाउँदै लिने योजनामा छौं ।’ फाउन्डेसनले एक वर्षका लागि पुग्ने स्टेशनरी, झोला र स्कुल पोशाकहरु वितरण गर्ने गर्छ ।