मुगु —मुगु जिल्ला स्थित गमगढी नाक्चेनाङला सडक अन्त्र्रगत माग्री भीरमा अप्यारो चट्टान फुटाउने कार्य धमाधम सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक डिभिजन जुम्लाले जारी गरेको सुचना अनुसार गमगढी नाक्चेलाग्ना सडकको माग्री भिरमा ओपनका गरि सुरक्षित र फराकिलो बनाउने कार्य तिब्र रुपमा भइरहेको जनाएको छ । उक्तमा भीरमा कडा चट्टानहरूलाई ड्रिलिङ र बलाष्टिङ गरि फराकिलो बनाउने कार्य भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।
सडक भिडिजन कार्यालयले सुरक्षा सतर्कताः चट्टान कटान र ब्लास्टिङ हुने क्षेत्रमा ढुङ्गाहरू खस्ने जोखिम हुने भएकोले यात्रा गर्दा विशेष सावधानी अपनाउनुहुन अनुरोध गरेको छ ।
त्यसै गरि यातायात अवरोधः ब्लास्टिङको समयमा केही घण्टाका लागि सडक पूर्ण रूपमा बन्द हुने भएकाले आफ्नो यात्राको समय सोही बमोजिम मिलाउन आग्रह गरेको छ ।
विकास निर्माणको यो कार्य तपाईं हाम्रै सहज यात्राका लागि भएकोले, निर्माण स्थलमा खटिएका प्राविधिक र सुरक्षाकर्मीहरूको निर्देशन पालना गरी सहयोग गरि दिन समेत डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
तस्विर सडक डिभिजन कार्यालय जुम्ला ।