मुगु – कर्णाली स्पोर्ट क्लब जुम्लाको आयोजनामा शनिबार सम्पन्न सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत ५४ किलोमिटरको मुख्य दौडमा कनकासुन्दरी गाउँपालिका–१, जुम्लाका धावक धिर बहादुर बुढा प्रथम भएको कर्णाली स्पोर्ट क्लबले जानकारी दिएको छ । छन्।
उनले जुम्ला सदरमुकाम खलंगाबाट बिहान ठीक ६ बजे सुरु भएको दौड ६ घण्टा १२ मिनेटमा पूरा गर्दै रारा ताल पुगेर उपाधि जितेका हुन । कठिन पहाडी भूगोल, उकालो–ओरालो र प्राकृतिक चुनौतीका बीच उत्कृष्ट प्रदर्शन गर्दै धिरले आफ्नो क्षमता पुनः प्रमाणित गरेका छन्। जुम्ला–रारा अल्ट्रा म्याराथन नेपालकै चर्चित साहसिक दौडमध्ये एक मानिन्छ ।