बुधबार, बैशाख ३०, २०८३
बुधबार, बैशाख ३०, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कैलाश मानसरोवर यात्रा सुरु, हुम्ला सिमकोटमा बढयो चहपहल

कैलाश मानसरोवर यात्रा सुरु, हुम्ला सिमकोटमा बढयो चहपहल

  • बुधबार, बैशाख ३०, २०८३
कैलाश मानसरोवर यात्रा सुरु, हुम्ला सिमकोटमा बढयो चहपहल

हुम्ला— हुम्लाको सदरमुकाम सिमकोटमा पर्यटन सिजन सुरु भएसँगै पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढ्न थालेको छ । बजार, होटल तथा पर्यटन व्यवसायमा खुशीयाली छाएको छ ।
कैलाश–मानसरोवर यात्रा, लिमी उपत्यका भ्रमण तथा हिमाली दृश्यावलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै सिमकोटमा पर्यटकीय गतिविधि बढेको छ ।

बुधबार देखि सुरु भएको कैलाश–मानसरोवर यात्राका लागि धार्मिक पर्यटकहरू सिमकोट पुग्न थालेपछि यहाँको वातावरण थप उत्साहपूर्ण बनेको छ । सुमिट एयरमार्फत सिमकोट पुगेका १७ जना भारतीय पर्यटकहरूलाई सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले स्वागत गरेका छन पर्यटक आगमनसँगै सिमकोटमा पर्यटन सिजनको औपचारिक सुरुवात भएको अध्यक्षको भनाई छ ।

अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष धार्मिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
गत वर्ष करिब सात हजार धार्मिक पर्यटक हुम्ला पुगेका थिए भने यस वर्ष हालसम्म करिब ११ हजार पर्यटकले अग्रिम बुकिङ गरिसकेको कर्णाली रिसोर्टका सञ्चालक तथा पर्यटन व्यवसायी पेमा लामाले जानकारी दिए ।

पर्यटन गतिविधि बढ्न थालेसँगै होटल, यातायात, खाद्यान्न, हस्तकला तथा स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ । सिमकोट हुँदै कैलाश–मानसरोवर जाने भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरूको आगमनले जिल्लाको आर्थिक गतिविधि थप चलायमान बन्ने आसा गरिएको छ । फोटो समिट एयर 

चर्चामा

सम्बन्धित समाचार