शुक्रबार, जेष्ठ १, २०८३
शुक्रबार, जेष्ठ १, २०८३
  • होमपेज
  • शिक्षा
  • कर्णालीलाई आत्मनिर्भर र समृद्ध बनाउन परिकल्पना

कर्णालीलाई आत्मनिर्भर र समृद्ध बनाउन परिकल्पना

  • बिहिबार, बैशाख ३१, २०८३
कर्णालीलाई आत्मनिर्भर र समृद्ध बनाउन परिकल्पना

कर्णालीलाई फेरि विगतको जस्तै आत्मनिर्भर र समृद्ध बनाउन केवल नारा मात्र पर्याप्त छैन; यसका लागि तीन वटा सरकारबीच बलियो समन्वय र ठोस रणनीतिक योजनाको आवश्यकता पर्दछ। कर्णालीको विशिष्ट भूगोल र स्रोतलाई मध्यनजर गर्दै निम्न अनुसारका योजनाहरू अगाडि सार्न सकिन्छः
कर्णाली ब्राण्ड को प्रवद्र्धन र रैथाने बालीको व्यवसायीकरण
कर्णालीका रैथाने उत्पादन मार्सी धान, सिमी, कोदो, फापर, चिनो, कागुनो लाई विश्व बजारमा अर्गानिक ब्राण्डका रूपमा स्थापित गर्नुपर्छ। स्थानीय सरकारले किसानको उत्पादनलाई उचित मूल्यमा किन्ने ग्यारेन्टी गर्नुपर्छ। यसका अतिरिक्त ठाउँ–ठाउँमा साना तथा मझौला प्रशोधन उद्योग स्थापना गरी भ्यालु एड (ख्बगिभ ब्ममष्तष्यल) गर्नुपर्छ।
जडीबुटी प्रशोधन उद्योगको स्थापना
अहिले कर्णालीबाट जडीबुटी कच्चा पदार्थको रूपमा न्यून मूल्यमा बाहिर जान्छ। यार्चागुम्बा, जटामसी र अन्य जडीबुटीलाई कर्णालीमै प्रशोधन गरेर औषधि वा सुगन्धित तेल उत्पादन गर्ने कारखाना खोल्न संघीय र प्रदेश सरकारले लगानी गर्नुपर्छ र जडीबुटी खेतीलाई व्यावसायिक बनाउन सामुदायिक वनहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ।
पर्यटन र पूर्वाधार विकास
कर्णालीको पर्यटन रारा, फोक्सुण्डो, लिमी उपत्यका, सिञ्जा जस्ता ठाउहरू आय मुख्य स्रोतको बन्न सक्छ। कर्णाली करिडोर र भेरी करिडोरलाई चाँडोभन्दा चाँडो अल वेदर (ब्िि–धभबतजभच) सडकमा स्तरोन्नति गर्नुपर्छ भने स्थानीय पर्यटनलाई बढावा दिन साना विमानस्थलहरूको नियमित संचालन र भाडामा सहुलियत दिनु आवश्यक छ।
जलविद्युत र लघु जलविद्युतमा लगानी
कर्णालीमा बग्ने नदीहरू ऊर्जाका अथाह स्रोत हुन् भने ठूला आयोजनासँगै स्थानीय स्तरमा लघु जलविद्युत निर्माण गरी साना उद्योगहरूलाई सस्तोमा बिजुली उपलब्ध गराउनुपर्छ। यसले डिजेल वा मट्टितेलमा हुने खर्च बचाउँछ।
प्राविधिक शिक्षा र युवा उद्यमशीलता
पढ्नका लागि काठमाडौँ वा विदेश जाने युवाहरूलाई रोक्न कर्णालीमै सीपमूलक शिक्षा दिनुपर्छ।कर्णाली स्टार्टअप फण्ड जस्ता विदेशबाट फर्केका वा स्थानीय युवाहरूलाई कृषि, पर्यटन वा प्रविधिमा आधारित व्यवसाय सुरु गर्न विना धितो सहुलियतपूर्ण ऋण र तालिमको व्यवस्था गर्नुपर्छ। इन्टरनेटको पहुँच विस्तार गरी कर्णालीका युवाहरूलाई घरमै बसेर आउटसोर्सिङ मार्फत डलर कमाउन सक्ने वातावरण बनाउनुपर्छ।
एकीकृत वस्ती विकास र सेवा प्रवाह
कर्णालीमा छरिएर रहेका वस्तीहरूका कारण सेवा प्रवाह महँगो र कठिन छ।अब स्थानीय सरकारले उपयुक्त ठाउँहरूमा एकीकृत वस्ती विकास गरी शिक्षा, स्वास्थ्य र खानेपानीको सुविधा सहज बनाउनुपर्छ। यसले खेतीयोग्य जमिनको संरक्षण गर्न पनि मद्दत गर्छ।
आफ्नो उत्पादन, आफ्नै उपभोग अभियानः सरकारी कार्यालय, भोजभतेर र विद्यालयका दिवा खाजामा अनिवार्य रूपमा स्थानीय उत्पादन (जस्तै कोदोको रोटी वा स्थानीय गेडागुडी) प्रयोग गर्ने नीति ल्याउनुपर्छ। यसले स्थानीय बजारलाई चलायमान बनाउँछ।अबका दिनमा संघीय सरकारले ठूला पूर्वाधार र नीति, प्रदेश सरकारले समन्वय र उद्योग तथा स्थानीय सरकारले उत्पादन र बजार व्यवस्थापनमा ध्यान दिने हो भने कर्णालीलाई अर्को एक दशकभित्रै पूर्ण आत्मनिर्भर बनाउन असम्भव छैन। कर्णाली अब मागिखाने होइन, देशलाई दिने प्रदेश बन्नुपर्छ।

कर्णाली कुनै समय तिब्बत र दक्षिणका पहाडी जिल्लाहरूका लागि खाद्यान्नको मुख्य स्रोत थियो।
. अन्नको भण्डार र सप्लाई चेन
विगतमा कर्णाली केवल आत्मनिर्भर मात्र थिएन, यसले छिमेकी जिल्लाहरूलाई खाद्यान्न आवश्यकता समेत पूर्ति गथ्र्यो । कर्णालीका हिमाली जिल्लाहरू विशेषगरी हुम्ला र मुगुबाट अन्न कोदो, चिनो, फापर तिब्बत निर्यात हुन्थ्यो। त्यसको बदलामा त्यहाँबाट नुन र ऊन ल्याइन्थ्यो। अर्को तिर जुम्लाको मार्सी धान र अन्य रैथाने बालीहरू तल्लो भेगका जिल्लाहरूमा पुग्थे। जुम्लालाई त पश्चिम नेपालको अन्न भण्डार नै मानिन्थ्यो ।त्यतिबेला कर्णालीमा ६० भन्दा बढी जातका रैथाने अन्नहरू फल्थे। ती बालीहरू त्यहाँको जलवायु अनुसार अनुकूलित थिए, जसका कारण खडेरी वा धेरै वर्षा हुँदा पनि केही न केही उत्पादन भइरहन्थ्यो।
ऐतिहासिक पृष्ठभूमिः
कर्णालीको सम्पन्नतालाई बुझ्न यसको राजनीतिक इतिहास हेर्नुपर्छ । नागराजले स्थापना गरेको खस साम्राज्यको राजधानी जुम्लाको सिंजा उपत्यका थियो। यो साम्राज्य तिब्बतको गुगेदेखि पूर्वमा त्रिशूली र दक्षिणमा लुम्बिनीसम्म फैलिएको थियो भने नेपाली भाषाको उत्पत्ति स्थल सिंजा मात्र नभई, यो क्षेत्र कला, वास्तुकला र न्याय प्रणालीमा निकै अगाडि थियो। यहाँका भव्य ढुङ्गे देवलहरू र शिलालेखहरूले त्यतिबेलाको आर्थिक सम्पन्नताको प्रमाण दिन्छन्। सिञ्जाली राजाहरूको पालामा कृषि प्रणाली व्यवस्थित थियो र सिँचाइका लागि कुलोहरूको राम्रो प्रबन्ध मिलाइएको थियो।
आत्मनिर्भरता कसरी गुम्न पुग्यो?
विगतमा अन्नदाता’रहेको कर्णाली कसरी ’मागिखाने अवस्थामा पुग्यो भन्ने विषयमा मल्ल शासन र पछि शाह कालमा राज्यको ध्यान काठमाडौँ केन्द्रित भयो। कर्णालीको स्रोत साधनको दोहन भयो तर विकासमा लगानी भएन । आयोडिनयुक्त नुनको अनिवार्य प्रयोगः सरकारले आयोडिनयुक्त नुन वितरण गर्न थालेपछि तिब्बतसँगको नुन–अन्न साटासाट गर्ने परम्परागत व्यापारिक सम्बन्ध टुट्यो।

यसले स्थानीय उत्पादनको बजार सखाप पारिदियो। परनिर्भरताको सुरुवात २०२० को दशकपछि हवाई जहाजबाट चामल ढुवानी गर्न थालियो। यसले मानिसहरूलाई स्थानीय कोदो र फापरभन्दा सेतो चामल को स्वादमा बानी पारिदियो, जसले गर्दा स्थानीय खेतीपाती प्रति मानिसको रुचि घट्यो।यातायात र बजारको अभावमा आधुनिक सडक पुग्न ढिलो हुनु र स्थानीय उत्पादनले उचित मूल्य नपाउनुले पनि यो क्षेत्रलाई पछि पार्यो। सारमा भन्नुपर्दा, कर्णालीको विगत गरिब थिएन। यो त एउटा सांस्कृतिक र आर्थिक केन्द्र थियो। अहिले पनि कर्णालीका रैथाने बाली, जडीबुटी र पर्यटनलाई सही ढङ्गले परिचालन गर्ने हो भने यसको पुरानो आत्मनिर्भर गौरव फर्काउन सकिने प्रशस्त सम्भावनाहरू छन् ।

लेखक राजु कार्की एमाले युवा नेता तथा पर्यटन ब्याबसायि हुन ।

चर्चामा

सम्बन्धित समाचार