बिहिबार, जेष्ठ ७, २०८३
बिहिबार, जेष्ठ ७, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • हुम्लाको नेप्का गाउँका बाढी पिडितलाई सरकारसंग तत्काल राहात माग

हुम्लाको नेप्का गाउँका बाढी पिडितलाई सरकारसंग तत्काल राहात माग

  • बुधबार, जेष्ठ ६, २०८३
हुम्लाको नेप्का गाउँका बाढी पिडितलाई सरकारसंग  तत्काल  राहात माग

काठमाडौ —नेपाली कांग्रेसका सांसद जयपति रोकायाले हुम्ला नेप्का गाउका बाढी पिडित परिवारलाई तत्काल राहात र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसित माग गर्नु भएको छ ।
सांसद रोकायाले आज प्रतिनिधि सभाको बैठकमा हुम्लाको नेप्का गाउमा गएराति अकस्मात भिषण असिना पानी सहित बाढी आएर ठूलो क्षेति प्रति दुःख ब्यक्त गदै तत्काल सरकारले राहातको ब्याबस्था गरि दिन माग गरेका छन । बाढी मानविय क्षेति नभएपनि गाउ“को बिद्यालय बगाएको भेडाबाख्रा गोठहरु पुरिएको खेतीयोग्य उर्भरा जग्गा खेत पुरिएदा स्थानीयलाई संकट उत्पन्न भएको उनको भनाई छ । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा बाढीपहिरोले ठूलो क्षति पुरयाएको छ । क्षेतिको एकिन बिबरण बुझनको लागि सुरक्षाकर्मी नेप्का गाउ“ गइसकेको सासद रोकायाले बताउनु भयो हुम्लाको दुर्गम सडक मोटर बाटो नपुगेको संचार नेटवर्कले पनि राम्रो सित काम नगर्ने भएकोले बाढीले पुरयाएको क्षेति बारे जानकारी कठिनाई भएको छ ।

चर्चामा

सम्बन्धित समाचार