सोमवार, असार १, २०८३
सोमवार, असार १, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेश सरकारले ल्यायो ३५ अर्ब ३९ करोड बजेट

कर्णाली प्रदेश सरकारले ल्यायो ३५ अर्ब ३९ करोड बजेट

  • सोमवार, असार १, २०८३
कर्णाली प्रदेश सरकारले ल्यायो ३५ अर्ब ३९ करोड बजेट

मुगु-  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजारको बजेट सार्वजनिक गरेको छ। कर्णाली प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजीबविक्रम शाहले प्रभात तामाङले बजेट सार्वजनिक गरेका हुन् । कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, दलित आयआर्जन, पशुपालन, उर्जा, ग्रामिण सडक लगायत बिषयलाई प्राथमिकता राखेर बजेट सार्वजनिक गरिएको छ ।
मन्त्री शाहले सार्वजिक गरेको बजेट मध्ये चालु तर्फः रु. ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार र पुँजीगत तर्फः रु. २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रहेको छ । त्यसै गरि वित्तीय व्यवस्था तर्फः रु. ५० करोड स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फः रु. ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार विनियोजन गरेको मन्त्री शाहले बताउनु भयो
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आयबाटः रु. ८५ करोड ५ लाख ९० हजार, चालु आर्थिक वर्षको बचत हुने अनुमानित रकमः रु. ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार र संघीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त हुने रकमः रु. १० अर्ब ६६ करोड ५० लाख ४९ हजार सार्वजनिक गरिएको छ र
त्यसै गरि वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुने आयः रु. १० अर्ब ६३ करोड २३ लाखसशर्त अनुदानबाटः रु. ५ अर्ब ६७ करोड २५ लाख परिचालन गरिनेछ । संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान तर्फः रु. ६६ करोड ७८ लाख र विशेष अनुदान तर्फः रु. ४८ करोड ५६ लाख परिचालन गरिनेछ बताउनु भएको छ । वैदेशिक सहायता बाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि रु. ९६ लाख सार्वजनिक गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार