शनिबार, असार १३, २०८३
शनिबार, असार १३, २०८३
  • होमपेज
  • राजनीति
  • नेपालमा कम्युनिष्ट पार्टीहरूबीच जुट र फुटको श्रृङ्खला निकै लामो छ,

नेपालमा कम्युनिष्ट पार्टीहरूबीच जुट र फुटको श्रृङ्खला निकै लामो छ,

  • शनिबार, असार १३, २०८३
नेपालमा कम्युनिष्ट पार्टीहरूबीच जुट र फुटको श्रृङ्खला निकै लामो छ,

विगतका एकताहरू (विशेष गरी २०७५ सालको नेकपा गठन र त्यसको विघटन) बाट पाठ सिक्दै यदि नेकपा (एमाले) र नेकपा वास्तवमै एक ढिक्का हुने हो भने केवल चुनावी स्वार्थ वा शक्ति बाँडफाँडमा मात्र सीमित नभएर सैद्धान्तिक, संगठनात्मक र व्यावहारिक कुराहरूमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।
राजनीतिक दलहरू मिल्नु भनेको केवल गणितीय जोड प्लस–माइनस मात्र होइन यो कार्यकर्ता र आम जनताको भावनाको मिलन पनि हो। संकट पर्दा मिल्ने र सत्ता पाउँदा फुट्ने प्रवृत्तिलाई त्यागेर नीति, विधि र थितिका आधारमा अघि बढे मात्र पार्टी एक ढिक्का रहन सक्छ।
१. वैचारिक र सैद्धान्तिक स्पष्टता
एमालेले अंगाल्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र अर्को पक्षले बोकेको राजनीतिक कार्यदिशाबीच स्पष्ट र सर्वस्वीकार्य मिलनबिन्दु पहिल्याउनु पर्छ। विचारमा स्पष्टता नभई गरिएको एकता बालुवाको घरजस्तै हुन्छ। भविष्यको कार्यदिशा समाजवादको आधार निर्माण गर्ने सन्दर्भमा स्पष्ट रोडम्याप र देशको आर्थिक–सामाजिक रूपान्तरणका लागि साझा एजेन्डा तय गरिनुपर्छ।
२. नेतृत्व र शक्ति सन्तुलनको वैज्ञानिक व्यवस्थापन
एक व्यक्ति एक पदको नीति विगतमा दुई अध्यक्षीय प्रणाली असफल भएको तितो अनुभव छ। त्यसैले पार्टी नेतृत्व र राजकीय नेतृत्व प्रधानमन्त्री राष्ट्रपति आदि कसले र कसरी सम्हाल्ने भन्ने कुरा सुरुमै स्पष्ट र पारदर्शी हुनुपर्छ। यसका अतिरिक्त सम्मानजनक र विधि–सम्मत एकता, कार्यकर्ता व्यवस्थापनमा भागबण्डाको साटो योग्यता, वरीयता र क्षमताका आधारमा कमिटीहरू गठन गरिनुपर्छ। कसैलाई पनि पाखा पारिएको वा उपेक्षा गरिएको महसुस हुनु हुँदैन।
३. संस्थागत विधि र आन्तरिक लोकतन्त्र
पार्टीमा पद्धति र कमिटी प्रणालीमा निर्णय प्रक्रिया व्यक्ति–केन्द्रित (नेतृत्वको सनक) नभएर कमिटी–केन्द्रित हुनुपर्छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकहरू नियमित हुनुपर्छ र निर्णयहरू बहुमत वा सहमतिका आधारमा संस्थागत रूपमा गरिनुपर्छ।
आलोचना र आत्मआलोचनाको संस्कृतिलाई पार्टीभित्र फरक मत राख्न पाउने अधिकार (आन्तरिक लोकतन्त्र) सुरक्षित हुनुपर्छ ताकि असन्तुष्टिहरू पार्टी फुटको कारण नबनोस्।
४. नेतृत्व पुस्तान्तरण र युवाको भूमिका
दुवै दलमा रहेका सक्षम, अध्ययनशील र ऊर्जावान युवा नेताहरूलाई नीति निर्माण र नेतृत्वको अग्रपंक्तिमा ल्याउनुपर्छ। पुराना स्थापित नेताहरूले क्रमश अभिभावकीय भूमिकामा बस्ने र नयाँ पुस्तालाई स्पेस दिने वातावरण बनाउनु आवश्यक छ। आजको युवा पुस्ता जसले डिजिटल युग, सुशासन र द्रुत आर्थिक विकास चाहेको छ यसमा आकर्षित गर्न सक्ने गरी पार्टीको एजेन्डा परिमार्जन गरिनुपर्छ।
५. विगतका गल्तीहरूको इमानदार समीक्षा
विगतमा पार्टी किन फुट्यो? कहाँ–कहाँ अहंकार, अविश्वास र व्यक्तिगत महत्वाकांक्षाले काम ग¥यो? यसको खुला र इमानदार समीक्षा गरी भविष्यमा त्यस्ता गल्ती नदोहो¥याउने सामूहिक प्रतिबद्धता जनाउनु पर्छ ।

चर्चामा

सम्बन्धित समाचार