काठमाडौ —काठमाडौ त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी आत्मदाह प्रयास गरेका मुगु सोरु गाउपालिका —१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनको उपचार वीर अस्पतालमा उपचार छ ।
उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको जनाएका छन । छ। घाँटी, छाती तथा दुवै हातखुट्टाका केही भागमा गम्भीर जलन भएकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्ने भइरहेको भनाई छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार गणेश नेपालीले राहदानी विभागअघि मोटरसाइकल पार्किङ गरेका थिए । पछि त्यसमा महानगर प्रहरीले ’व्हीललक’ लगाई पछि नेपालीले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएको घिमिरेको भनाई छ । गणेश नेपालीको न्यायको माग गर्दै मुगुवासीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन । मुगुका सांसद खडकबहादुर शाहीले आज संसद बैठकमा गणेश नेपालीको आत्मदाह प्रयास घटनाको सत्य तथ्य छानमिन र दोषी उपर कारबाहीको माग गरेका छन ।