बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीमा जता दलको अनुकुल उतै सरकार बन्न सक्छ,: संसदीय दलका नेता मंगल शाही

कर्णालीमा जता दलको अनुकुल उतै सरकार बन्न सक्छ,: संसदीय दलका नेता मंगल शाही

  • बुधबार, असार ३१, २०८३
कर्णालीमा  जता दलको अनुकुल उतै सरकार बन्न सक्छ,: संसदीय दलका नेता मंगल  शाही

मुगु —नेपाली कम्यूनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाहीले कर्णाली प्रदेशमा दलहरुको जता अनुकुल हुन्छ उतै सत्ता समीकरण को सरकार बन्न सक्ने बताएका छन ।

बुधबार कर्णाली प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रिहरुले राजीनाम दिएपछि सत्ता गठबन्धन बदलिन सक्ने चर्चाको बीच नेकपा संसदीय दलका नेता शाहीले पहिले केन्द्रमा जुन पार्टीको सरकार हुन्थ्यो प्रदेशमा पनि उही पार्टी नेतृत्वमा सरकार बन्न गथ्र्यो तर अहिले केन्द्रमा फरक पार्टीको सरकार भएको हुदा प्रदेशमा दलहरु जो जहा मिल्न सक्छन त्यही अनुकुलको सरकार बन्न सक्ने बताएका छन ।

कांग्रेसले प्रदेशमा एमालेसंग सहकार्य नगर्ने भनिसक्यो शाहीले भने त्यसैले हाम्री प्रतिपक्ष दलहरु छलफलमा जुटेका छौ अहिले नै भन्न सक्ने अबस्था छैन ।

अब कर्णालीमा संघीयताको सरकार बन्छ शाहीले सुनाए । समीकरण फेरबदलमा मा कि त कांग्रेस—नेकपाबिच सत्ता समीकरण यात एमाले—नेकपाबिच सत्ता समीकरण गरेर सरकार बन्ने हो भनेर चर्चापरिचर्चा सुरु भएको छ । प्रदेशमा सरकार बनाउन २० सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेससँग १५, एमालेसँग १० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग १४ सिट छ ।

चर्चामा

सम्बन्धित समाचार