बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • शिक्षा
  • सांसदहरुलाई पुन स्वकिय सचिवको सुबिधा दिने सरकारको निर्णय

सांसदहरुलाई पुन स्वकिय सचिवको सुबिधा दिने सरकारको निर्णय

  • बिहिबार, असार ३२, २०८३
सांसदहरुलाई पुन स्वकिय सचिवको सुबिधा दिने सरकारको निर्णय

काठमाडौ —सरकारले संघीय सांसदका  सदस्यहरूलाई पुनः स्वकीय सचिव नियुक्त गर्ने सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै यसअघि हटाइएको व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सांसदहरूले विगतमा उपभोग गर्दै आएको सुविधा पुनः कायम गरिएको जानकारी गराउनु भयो । यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा, सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो ।  जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भने सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो । तस्विर प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय 

चर्चामा

सम्बन्धित समाचार