बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगु सोरुकोटमा फोरजी सेवा सुरु, स्थानीय उत्साहित

मुगु सोरुकोटमा फोरजी सेवा सुरु, स्थानीय उत्साहित

  • बिहिबार, असार ३२, २०८३
मुगु सोरुकोटमा फोरजी  सेवा  सुरु, स्थानीय उत्साहित

मुगु- जिल्ला स्थित सोरु गाउँपालिकाको सोरुकोटमा नेपाल टेलिकमले फोरजी इन्टरनेट सेवा सुचारु गरेको छ । स्थानीय कर्मचारी, शिक्षक, बिधार्थीहरुलाई इन्टरनेट सेवाको पहुच बिस्तार गर्न नेपाल टेलिकमले सोरुकोटमा टावर निर्माण गरि फोरजी सेवा सुरु गरिएको छ ।
पहिले सोरुकोट देउवाजमा सिमित कमसल मोवाइल टावर मात्र रहेको थियो । उक्त मोवाइल टावरपनि भरपर्दो नहुदा स्थानीयलाई समस्या उत्पन्न हुने गरेको थियो । बाहिर इन्टरनेट सेवा नहुदा बिधार्थी, स्थानीय, कर्मचारी पालिका कार्यालयमा धाउनु पर्ने बाध्य थियो ।
गाउ“पालकाको पहलमा सोरुकोटमा फोरजी सेवा सुरु भएपछि स्थानीय खुशी भएका छन । पालिकाको पहलमा सोरुकोटमा नेपाल टेलिकमले फोरजी इन्टरनेट सेवा सुचारु गरेको अध्यक्ष धर्मबहादुर शाहीले बताए ।
सोरुकोटमा सुचारु भएको फोरजी सेवाले पालिका वरपरका बस्तीहरु स्थानीय, कर्मचारी बिधार्थी शिक्षकलाई सहज सुबिधा बिस्तार भएको उपाध्यक्ष केशरबहादुर शाहीको भनाई छ । अब उच्च लेकाली डाडाकाडा बाट पनि मोवाईल सेवा सहित फोरजी इन्टरनेट सेवा पुग्ने बिश्वास गरिएको उपाध्यक्षको भनाई छ । अब सोरु गाउपालिकाको ५४ वटै बस्तीमा मोवाइल सेवा पुगेको र अधिकास बस्तीमा इन्टरनेट सेवा पनि पुगेको छ । तस्विर बिनोद शाही सोरुकोट ।

चर्चामा

सम्बन्धित समाचार